Home» Nepali» अब मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

अब मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

हाइलाइट

  • डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा टिभी (Dishhome TV) हेर्न पाउने भएको छ ।
  • डिशहोम फाइवरनेटमा टिभीको जडान गरि यो अफर लिन सकिन्छ ।
  • यो अफरमा ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी हेर्न सकिन्छ ।

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

DishHome TV
Dish Home

अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी (Dishhome TV) हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको भनाई छ ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले डिशहोमको नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँंगै ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा संम्पर्क गरि जानकारी लिन सकिने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

The Latest
Bajaj EMI Offer