हाइलाइट
- हाम्रो पात्रो एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्न सकिनेछ ।
- हाल यो सुविधा एन्ड्रोइड एपमा मात्र उपलब्ध छ ।
- यसका लागी प्रयोगकर्ताले आफ्नो एप अपडेट गर्नुपर्ने छ ।
आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।

हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट (Asia Cup cricket) प्रतियोगिताको लाइभ स्कोर (live score) देख्न सकिनेछ । यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुस: FoneTag: एभरेष्ट बैँक मोबाइल एपबाट अब इन्टरनेट विना भुक्तानी गर्न मिल्ने
यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ, साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्नका लागि प्रयोगकर्ताहरुले हाम्रो पात्रो एप अपडेट (Update) गर्नु पर्ने छ। बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवशीय क्रिकेटमा विश्वकै पहिलो वरियतामा रहेको पाकिस्तानको सामना गर्दैछ ।
पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ । फाइनल भने आउँदो ३१ भदौमा हुनेछ । हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।
(प्रेस विज्ञप्ती)
-
TechLekh Awards: Best Scooters of 2025 in Nepal Winners!Scooters have played a major role in shaping everyday mobility in Nepal. They have always…
-
TechLekh Awards: Best Bikes of 2025 in Nepal Winners!Motorcycling in Nepal has always meant more than just getting from one place to another.…
-
TechLekh Awards: Best Cars of 2025 in Nepal Winners!Electric vehicles continue to dominate Nepal’s market in 2025, and Chinese manufacturers still lead the…
-
Apple iPhone Price in Nepal (January 2026 Updated)This is the complete list of Apple iPhone price in Nepal for 2026. In this…
-
Infinix Expands its Ecosystem in Nepal with the XPAD 20 ProHIGHLIGHTS The Infinix XPAD 20 Pro price in Nepal starts at Rs. 26,999 (4/128GB). It…
-
Royal Enfield Bike Price in Nepal (January 2026 Updated)This is the complete list of Royal Enfield bike price in Nepal for 2026. In…





