हाइलाइट
- डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा टिभी (Dishhome TV) हेर्न पाउने भएको छ ।
- डिशहोम फाइवरनेटमा टिभीको जडान गरि यो अफर लिन सकिन्छ ।
- यो अफरमा ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी हेर्न सकिन्छ ।
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी (Dishhome TV) हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको भनाई छ ।
यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले डिशहोमको नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँंगै ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा संम्पर्क गरि जानकारी लिन सकिने कम्पनीको भनाई छ ।
-
Infinix Smart 10 and 10 Plus Gets Another Price Hike!HIGHLIGHTS The Infinix Smart 10 series price in Nepal now starts from Rs. 14,999 (4/64GB).…
-
POCO X8 Pro Series Coming to Nepal This Week!HIGHLIGHTS The POCO X8 Pro series will launch this week in Nepal. The POCO X8…
-
You Can Now Pre-Order the Samsung Galaxy A37 in Nepal: What Has Changed Really?HIGHLIGHTS The Samsung Galaxy A37 price in Nepal starts at Rs. 64,999 (8/128GB). The phone…


