हाइलाइट
- हाम्रो पात्रो एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्न सकिनेछ ।
- हाल यो सुविधा एन्ड्रोइड एपमा मात्र उपलब्ध छ ।
- यसका लागी प्रयोगकर्ताले आफ्नो एप अपडेट गर्नुपर्ने छ ।
आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो ।

हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट (Asia Cup cricket) प्रतियोगिताको लाइभ स्कोर (live score) देख्न सकिनेछ । यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुस: FoneTag: एभरेष्ट बैँक मोबाइल एपबाट अब इन्टरनेट विना भुक्तानी गर्न मिल्ने
यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ, साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्नका लागि प्रयोगकर्ताहरुले हाम्रो पात्रो एप अपडेट (Update) गर्नु पर्ने छ। बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवशीय क्रिकेटमा विश्वकै पहिलो वरियतामा रहेको पाकिस्तानको सामना गर्दैछ ।
पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ । फाइनल भने आउँदो ३१ भदौमा हुनेछ । हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।
(प्रेस विज्ञप्ती)
-
Realme P4 Power Arrives in Nepal — A Bit Too Late?HIGHLIGHTS The realme P4 Power price in Nepal is Rs. 76,999 (12/256GB). It has a…
-
MASSIVE PRICE HIKE!!! Infinix Note 60 Series Got Expensive By Up to Rs. 9,000HIGHLIGHTS The Infinix Note 60 Series prices in Nepal start at Rs. 54,999 (8/128GB –…
-
Infinix Note Edge Gets Expensive: But Starting Price Remains UnchangedHIGHLIGHTS The Infinix Note Edge price in Nepal starts at Rs. 41,999 (6/128GB). The MediaTek…


