हाइलाइट
- एभरेष्ट बैँकको ग्राहकले अब इन्टरनेट विना मोबाइल एपबाट भुक्तानी गर्न मिल्ने भएको छ |
- यो सुविधाको लागी बैँकले भुक्तानी सँचालक फोनपेसँग सहकार्य गरेको हो |
- यो सुविधा हाल एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध छ |
एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदार, ले नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे सँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट, “FoneTag” ल्याएको छ |

FoneTag एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट “NFC ट्याग” वा “CPQR” कोड (ग्राहकले प्रस्तुत गर्ने QR कोड) प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउँछ।
FoneTag को सुरुवात सँंगै ग्राहकहरूले अब विभिन्न मर्चेन्ट आउटलेटहरूमा FoneTag द्वारा भुक्तानी गर्दा २०% क्यास ब्याक (Cashback), रु ५०० सम्म पाउन सक्नेछन्।
अफलाइन कारोबारको सीमा रु. 5000 प्रति कारोबार रहेको छ । यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन् । हाल, यो सेवा एन. एफ. सी (NFC) सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । NFC नभएका मोबाइल फोनमा ग्राहकहरुले CPQR कोड (ग्राहकले प्रस्तुत गर्ने QR कोड) प्रयोग गर्न सक्छन्।
यो पनि पढ्नुस: अब मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने
एभरेष्ट बैंक (Everest Bank), अफलाइन मोडमा डिजिटल भुक्तानी समाधान सुरु गर्ने पहिलो बैंक हो। यस सेवाले कमजोर नेटवर्क जडान भएका स-साना शहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढावा दिन सक्छ | साथ साथै यस सेवाले विभिन्न शहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रमहरू, मेलाहरू र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई पनि भुक्तानी गर्न मदत गर्छ |
यस पहल प्रति खुशी व्यक्त गर्दै एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भने, “यस सेवा मार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ । हाम्रो बैंकिङ प्रणालिमा FoneTag को एकीकरणले हाम्रा ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानीको अनुभव अँगाल्न सशक्त बनाउँछ, जसले प्राविधिक विकासहरूमा सदैब अगाडी रहन एभरेष्ट बैंकको समर्पणलाई जोड दिन्छ। हामी Fonepay सँग यो यात्रा सुरु गर्न, नेपालमा बैंकिङको सेवाहरुलाई सहज बनाउन र सुरक्षित कारोबारको नयाँ युग ल्याउन पाउँदा धेरै उत्साहित छौं।”
यस सहकार्यमा उत्तिकै खुसी भएका फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाको अनुसार “Fonepay आफ्नो अफलाइन डिजिटल पेमेन्ट, FoneTag सुचारु गर्न पाउँदा गर्व गर्दछ। नेपालमा अफलाइन पेमेन्टको परिचय दिन Fonepay सँग सहकार्य गरेकोमा एभरेष्ट बैंकलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं। यो सहयोगले साझा दृष्टिकोणको उदाहरण दिन्छ, र हामी सामूहिक रूपमा नगद रहित भविष्यलाई आकार दिन तत्पर छौं जसले राष्ट्रभरका व्यक्ति र व्यवसायहरूलाई फाइदा पुर्याउँछ।”
ग्राहक र व्यापारीहरूले यस सेवाको विस्तृत बुझाइको लागि एभरेष्ट बैंकमा सम्पर्क गरी सबै सान्दर्भिक जानकारीहरू प्राप्त गर्न र यस अत्याधुनिक अफलाइन भुक्तानी सेवाको फाइदाहरूको बारेमा बुझ्न सक्नु हुनेछ |
(प्रेस विज्ञप्ती)
-
POCO X8 Pro and Pro Max Prices Increased Again: This Time by Up to Rs. 10,000HIGHLIGHTS The POCO X8 Pro series price in Nepal starts at Rs. 69,999 (X8 Pro,…
-
Vivo V80 Launching Soon in Nepal: A V70 Refresh at a Higher Price?HIGHLIGHTS The Vivo V80 price in Nepal is expected to start from Rs. 109,999 for…
-
HMD Arc 2 Coming Soon in Nepal: New Look, Same Old Specs!HIGHLIGHTS The expected HMD Arc 2 price in Nepal starts from Rs. 15,999 for the…


